
काठमाडाैं, १४ कात्तिक । चीनमा ५ तले पक्की भवन सर्लक्कै उचालेर सारिएको छ । चिनियाँ इन्जिनियरले पाँच तले विशाल भवनलाई जस्ताको तस्तै अर्काे ठाउँमा सारेका हुन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको सांघाई सहरस्थित ५ तले भवनलाई इन्जिनियरकाे एक टाेलीले प्रविधिको प्रयोग गरी ६२ मिटर पर सारेका हुन् ।
उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ७ हजार ६ सय टन वजनको भवनलाई प्रविधिको सहयोगमा उठाई १९८ रोबोटका खुट्टाका मद्दतले सुरक्षित रूपमा अर्काे ठाउँमा सारेका हुन् ।
स्थानीय प्रशासनका अनुसार नजिकै नयाँ आयोजना सुरु गरिएकाले त्यस भवनलाई केही टाढा लगिएको हो ।
चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्यूज नेटवर्कका अनुसार भवन सार्ने काम १८ दिनमा यही अक्टोबर १५ तारिख पूरा भएको हो । भवन सारिएको भिडियो चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको छ ।