
विराटनगर,२० माघ: मोरङको सुन्दरहरैचा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी-६ का जोसन लिम्बु रहेका छन् । हिजो दिउँसो साढे १ बजे खोर्साने-केराबारी सडक खण्डमा को. ३२ प ८४६१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका लिम्बुको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।