
विराटनगर २१ माघ : नागरिकनउन्मुक्ती पार्टीका नेता रेशम चौधरी र एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य माननीय लक्ष्मी महताेकाे मुद्दा राजनिती भएकाेले राजनिती सहमतीबाट समाधान खाेजिनु पर्ने प्रमुख पार्टीका नेताहरुले जोडदार माग गरेका छन । वृहत्तर नागरिक समाजले शनिवार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कांग्रेस एमाले माओवादी केन्द्रका थारू मधेशी नेताहरूले चौधरी र महतोलाई रिहा गर्न माग गरे ।
हामी प्रति सरकारको हेराईमा परिवर्तन गर्न पनि वृहत्त एकताको खाँचो छ माओवादी केन्द्र पोलिटव्यूरो सदस्य शिवकुमार मण्डलले भने । राजनीतिक मुद्धालाई राजनीतिक तहबाटै समाधान गर्नुपर्छ सरकारले गरेको सहमति अदालतबाट गरिनु हुन्न , राजनीतिक मुद्धाको हल अदालतबाट हुँदैन माओवादी नेता मंडलको भनाई थियो
पार्टी भन्दा न्याय प्राप्तीको संघर्षमा रहेका समुदायहरुको अधिकार गहन रहेको बताउदै नेताहरुले यस बिषयमा वृहत्तर एकता जरुरी रहेको स्पस्ट पारे । थारु आन्दोलनका क्रममा पक्राउ परेका चौधरीलाई सरकारले झुठा मुद्धा लगाएर थुनामा राखेको पनि स्पस्ट पारे ।
नेपाली कांग्रेस मोरङका कार्यबाहक सभापति भक्तीनाथ माझीले , रेशम चौधरी र लक्ष्मी महतोको मुद्धा राजनीतिक भएकाले राजनीतिकबाटै सहमति खोजिनु पर्ने बताए ।
नेकपा एमाले नेता एवम् प्रदेश सभा सदस्य जयप्रकाश चौधरीले रेशमलाल चौधरी र लक्ष्मी महताे घटनामा संग्लग्न नरहेको बताउदै थारु मधेशी आन्दोलनलाई दवाउन सरकारले झुठा मुद्धा लगाएको आरोप लगाए ।
नागरिक अभियानता रामरिझन यादवले मधेश आन्दाेलनकाे कारण माननीय लक्ष्मी महताे माथि मुद्दा लगाईएकाे हाे ।तर मधेश आन्दाेलनबाट उदाएकाे पार्टी र वहाँ आवद्ध पार्टीका नेताहरूले वहाँकाे वारेमा एक शब्द पनि सदनमा उचारण नगर्नु दुखद भएकाे ओल्याए । मधेशी पत्रकार समाजका माेरड्ग अध्यक्ष श्यामसुन्दर सुतिहियारले वृहत्त एकता गरेर अन्यायमा परेको जनताको अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुनसरीका कांग्रेस नेता प्रमानन्द मेहता,जनमत पार्टीका सूर्यदेव यादव, वरिष्ठ अधिवक्ता रामलाल सुतिहार लगातका अधिकारवादी संघ संस्था तथा बुद्धिजीवी पेसाकर्मीहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम वृहत नागरिक समाजका अध्यक्ष सूर्यनाथ प्रसाद सिहको अध्यक्षतामा समपन्न भएको थियो ।