२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,२५ माघ : १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । आज मोरङको रंगेली नगरपालिका(९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य शिविरमा बिराट नर्सिङ होम प्रा।लि।का मेनेजर मोहम्मद जियाउल हक सहित १२ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा स्त्री तथा प्रसुति रोग, छाला तथा यौन रोग, बाल रोग, दन्त रोग, नाक कान घाटी तथा आँखा रोग सम्वन्धि समस्या भएका ३९४ जना स्थानिय सर्व साधारण महानुभावहरु तथा स्थानिय प्रहरी कर्मचारीहरुले समेत निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!