
काठमाडौँ,४ फागुन: ग्याँस सिलिन्डर विस्फोट भई घाइते हुनु भएका गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा। चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि दिल्ली लगिने भएको छ । एयर कार्गोबाट उहाँलाई तत्काल दिल्ली लाने प्रक्रिया सुरु गरिएको डा। भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिनुभयो ।
बुधवार राती करिब १० बजेतिर ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते हुनु भएका नेता र उहाँका आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उहाँहरू दुवै जना खतरामुक्त रहेको बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीले जानकारी दिनुभयो ।
डा। नकर्मीका अनुसार डा। भण्डारीको शरीरको करिब ३० प्रतिशत र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ । डाक्टर नकर्मीका अनुसार डा। भण्डारीको फोक्सोमा धुवा पसेको छ ।
अस्पतालमै रहनु भएका डा। भण्डारीका सहयोगी भुवन भुसालका अनुसार, सांसद भण्डारीको मुख, घाँटी र खुट्टामा जलेको छ । यसै गरी, उहाँकी ८८ वर्षीय आमा हरिकला भण्डारीको अवस्था भने गम्भीर छ ।
अस्पतालको विज्ञप्ति:
श्रोत: गोरखापत्र अनलाइन