
विराटनगर ७ फागुन । विराटनगरको वडा न ४ र ५ को सिमानामा पर्ने गणेश चौक देखी केशलिया खोला सम्मको ३ दशमलव २ किलो मिटर हुलाकी सडक यही मंगलवार देखी निर्माण सुरु हुने भएको छ । २०७८ माघ महिनामा ठेक्का पाएको भूमि कन्ट्रक्सन सम्झौता गरेर फरार भएपछि अर्को ठेकेदार कम्पनी देव एण्ड फायर कन्ट्रम्सनले निर्माण सुरु गर्न लागेको हो ।
कुल ३१ करोड लागत रहेको सडक निर्माण ४० प्रतिसत तल झरेर भूमि कन्ट्रक्सनले भ्याट सहित १७ करोड रुपैयामा कबोल गरेर सम्झौता गरेको थियो । सम्झौता गरेपनि हाल सम्म सडक निर्माण नगरि अलपत्र छाडेर फरार भएपछि भूमि कन्ट्रक्सनलकै पार्टनर देव एण्ड फायरले सडक निर्माण गर्ने चासो राखेर काम सुरु गर्न लागेको हो ।
दैनिक हजारौ को आवात जावत हुने यो सडक अत्यन्तै जिर्ण अवस्थामा छ भने सवारीका साधन पनि पातलो चल्ने गरेका छन ।
सुनसरी मोरङ जोडने प्रमुख व्यापारिक मार्ग भएर पनि यो सडक निर्माणमा कसैको ध्यान पुग्न सकेको थिएन । प्रत्येक बर्षको बर्षायाममा यो सडकमा ढाट लगाएर स्थानीयले विरोध जनाउदै आएका थिए । त्यती मात्र होइन सडक निर्माण नुहँदा राजनीतिक दलका नेताहरुलाई प्रबेश निशेध समेत गरिदै आएको थियो ।
विराटनगर वडा न , ५ का अध्यक्ष सन्तोष न्यौपानेको बिशेष पहलमा भएको छलफल पछि ठेकेदार पक्षले यही मंगलवार देखी निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला , प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई सहितको टोलीले ठेकेदार कम्पनीसँग सडक निर्माण गर्ने सहमति जुटाएको हो ।
देव एण्ड फायरका प्रोजेक्ट मेनेजर ईन्जिनियर दिपक चौधरीले यही फागुन १० गते मंगलवार देखी यूद्धस्तरमा सडक निर्माण सुरु गरि आउदो असार महिना सम्म गणेश चौक देखी पूल चौक सम्मको सडक कालोपत्रे गरिसकिने बताए । पुल चौक सम्म नाला निर्माणको कार्य पुरा भएकोले बर्षायाम अगावै कालोपत्रे सडक निर्माण हुने जानकारी दिए ।
गणेश चौक देखी पुल चौक सम्मको सडक चौडाई १७ मिटरको रहने र नाला टु नाला कालोपत्रे सडक हुने छ । पुल चौकदेखी केशलिया खोला सम्मको सडकलाई ४ लेन स्टान्र्डमा निर्माण गरिने छ । इन्जिनियर चौधरीका अनुसार ४ लेन सडक दायाँ बाँया नाला र पेटी सहित विचमा डिभाईडर राखिने छ । सो सडकको दुवै तर्फ साढे ८ , साढे ८ मिटरको कालोपत्रे सडक निर्माण हुने छ । डिभाईडरमा फुल विरुवा रोपिने गरि निर्माण गरिने छ । असार अगावै पुल चौक देखी केशलिया खोला सम्म नाला र गाभ्रेलको काम समेत पुरा गरिने र पिच सडक बर्षायाम पछि निर्माण गरिने चौधरीले बताए ।
यस्तै गणेश चौकदेखी पूर्वतर्फको नहर र पुल चौकमा सकडको चौडाई अनुसारको पुल निर्माण गरिने छ ।