२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१० फागुन: विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ । आज महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गर्नुभयो । विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताउनुभयो । उहाँले जिम्मेवार भएर छिटो छरितो रुपमा काम गर्न निर्देशनसमेत दिनुभयो ।
सो अवसरमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, राम पोखरेल, सूर्यनारायण महतो, जितेन्द्रकुमार साहलगायत विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!