२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२० फागुन: विराट विकास मंच मिल्स माध्यमिक विद्यालय विराटनगरका पूर्व विद्यार्थीहरुले शिक्षकहरुको कदर गर्दै शनिवार सम्मान गरेका छन ।
३ जना पुर्व शिक्षकहरुलाई एक भव्य समारोहको आयोजना गरि सम्मान गरेका हुन ।स्थापना कालदेखि अवकास नहुन्जेल अनवरत अधया्पन गराउने शिक्षकहरुलाई वि स २०२३ साल देखिका पुर्व विद्यार्थीहरुले खादा,माला र कदर पत्र दिएर सम्मान गरे ।

सम्मानित हुने शिक्षकहरुमा मणीकला सुब्बा ,देवी प्रसाद दाहाल,सुधाकर ठाकुर छन्। पूर्व विद्यार्थी मंचका अध्यक्ष माद्यव प्रसाद अर्यालले पूर्व शिक्षकहरुलाई सम्मान गर्न पाउदा अत्यन्तै खुशी लागेको बताए ।
२०२३ साल देखीका व्याजी पुर्व विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा सवैले आत्मियता साटेका थिए । विद्यालय पढदा आफुहरु विच भएका रमाईला पलहरुको स्मरण गरेर सुनाए । मंचले विद्यालयको शैक्षिक गुणस्तर सँगै शिक्षा ,स्वस्थ्यको क्षेत्रमा समेत कार्य गर्दै आएको छ । मंचका सस्थापक सदस्य मनोहर कोइरालाले आगामी दिनमा पनि मंचले यस्तै आर्कषक कार्यक्रम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!