२०८१ माघ २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २० फागुन: सरकारले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । अब किसानले ६५ रुपैयाँ प्रतिलिटरमा दूध बेच्ने छन् । यसअघि किसाने ५६ रुपैयाँमा बिक्री गर्दै आएका थिए ।

दूध व्यवसायीले प्रतिलिटर १० रुपैयाँ बढाउने गरी प्रस्ताव अघि सारेको भए पनि सरकारले ९ रुपैयाँले मात्र बढाएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको हो ।

हाल उपभोक्ताले ८३ रुपैयाँ प्रतिलिटरमा खरिद गर्दै आइरहेका छन्। अब भने किसानले पाउने मूल्य बढेपछि उपभोक्ताले पाउने मूल्य अझै थप हुँदा उपभोक्तालाई मार पर्ने देखिन्छ।

हाल दूधको माग ३५ लाख लिटर भए पनि ३० लाख लिटर मात्र उत्पादन हुन सकेको छ । करिब ५ लाख लिटर दूध अपुग छ। अपुग मागलाई कच्चा दूध आयात गरेर मागपूर्ति गर्नुपर्छ नभए डेरी उद्योगीहरू संकटमा पर्ने अवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!