२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

दमक,२६ फागुन : झापाको कमल गाउँपालिकामा आधुनिक तथा प्रविधिमा आधारित धान प्रवर्द्धन कार्यक्रमप्रति आकर्षण बढेको छ। स्थानीय साना किसान कृषि सहकारी संस्थाको अगुवाइ र गाउँपालिकाको सहयोगमा आधुनिक रुपमा धान रोप्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

गाउँपालिकाको सहयोगमा साना किसान सहकारी संस्थाले धान रोप्ने मेशिन ल्याएर प्रयोगमा ल्याएपछि यसप्रति किसानको आकर्षण बढेको हो। सहकारी संस्थाका व्यवस्थापक टङ्क पराजुलीका अनुसार आधुनिक तवरले धानको बिउँका लागि ब्याड राखेर धान रोप्ने काम भइरहेको छ।

उत्पादन लागत कम गर्ने र बेमौसमी रुपमा धानखेती गर्न किसानलाई प्रेरित गर्नका लागि धान उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण प्रर्दशनी सुरु गरिएको पराजुलीले बताउनुभएको छ। ‘‘अघिल्लो वर्षभन्दा यो वर्ष प्रविधिमा आधारित धानखेतीमा आकर्षण बढेको पाएका छौं’’, पराजुलीले भन्नुभयो।

गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलका अनुसार सुरुका वर्षमा धानको बीउ राखेर धान रोप्न सकिन्छ भन्ने किसानलाई पत्यार लाग्ने थिएन। ‘‘अहिले राम्रो आम्दानी हुन थालेपछि यस विषयमा जानकारी लिने र आफू पनि यसरी धान रोप्न इच्छुक रहेको किसानले बताउन थाल्नुभएको छ’’, पोखरेलले भन्नुभयो।

गाउँपालिका अध्यक्ष हुकुमसिं राईका अनुसार सहकारी र गाउँपालिकाको कृषि शाखा समन्वय गरेर किसानलाई आधुनिक तवरले यान्त्रिकरणको माध्यमबाट धान रोप्नलाई प्रोत्साहन गरिँदै आएको छ। ‘‘आवश्यक प्राविधिक परामर्शदेखि लिएर राम्रो धानको बीउ वितरण गर्ने कार्यहरु गरिरहेका छौं’’, राईले भन्नुभयो।

‘‘यान्त्रिकरणको माध्यमबाट चैते धानखेती गर्दा धानको मूल्य पनि राम्रो आउने र दुई बाली धानको खेती हुनसक्ने भएकाले किसानले यसबाट लाभ लिन सक्ने देखेका छौँ’’, अध्यक्ष राईले भन्नुभयो। ‘लागत मूल्य घटेको अवस्थामा किसानलाई दुई बाली धान खेतीमा आकर्षण देखेका छौँ’’, उहाँले भन्नुभयो।

गाउँपालिकाले किसानलाई आधुनिक खेतीका लागि आकर्षण र प्रोत्साहन गर्नका लागि निःशुल्क रुपमा मोटो परीक्षण, माटोको उपचार, अर्ग्यानिक ठोस तथा झोल मल वितरण लगायतका काम पनि गर्दै आएको गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!