२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ४ चैत : सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान रकममा कटौती गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।सरकारको यस निर्णयले किसानलाई थप समस्यामा धकेल्ने भन्दै विभिन्न पार्टीनिकट किसान संघ तथा जनस्तरबाट यसको विरोध भइरहेको हो ।खेतीका समयमा सदैव मलको अभाव खेपिरहेका किसानलाई थप समस्याग्रस्त बनाउनेगरी आएको अनुदान कटौतीको निर्णयले किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गरेको भन्दै काँग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।

देशका ६० प्रतिशत किसान, कृषि क्षेत्र र आम उपभोक्तामा गम्भीर असर परेको ती संगठनहरूको साझा धारणा रहेको छ । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले किसानहरूलाई प्रोत्साहन तथा संरक्षण गर्नुको साटो थप मार पार्नेगरी निर्णय भएको भन्दै तत्काललाई मलमा दिइँदै आएको अनुदान पुनस्स्थापित गर्न माग गरेका छन् ।

यसैगरी प्रेस चौतारी नेपालका उपमहासचिव शुरोजङ्ग पाण्डेले प्रश्न गरेका छन् – रासायनिक मलको मूल्य बढ्यो । चामल, ग्यास, दूध र तरकारीसहित उपभोग्य वस्तुको मूल्य अचाक्ली छ । बजारले दिनदिनै सरकारलाई गिज्याइरहेको प्रतीत हुन्छ । बजारको यो अनियन्त्रित मूल्यवृद्धि स्वाभाविक हो कि माफिया, बिचौलिया र दलालहरूको चलखेल रु

त्यस्तै लेखनाथ भुसालले किसानलाई खेती गर्न चाहिने जति रासायनिक मल दिन नसकेको सरकारले फेरि रासायनिक मलको मूल्य बढाएर किसानलाई दुस्ख दिएको भन्दै टिप्पणी गरेका छन् । यसरी मूल्य बढाएर मलको समस्या हल हुन्छ भनेर सिफारिस गर्ने संयन्त्र र होस्टेमा होइसे मिलाएर लागू गर्ने दुवै किसानका पक्षमा नरहेको उनको बुझाइ छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दरमा आएको कमिलगायतका कारण उल्लेख गर्दै सरकारले हालै युरियामा ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ प्रतिकिलो मूल्य बढाउने निर्णय गरेको छ । यसअघि आयात बिन्दुमा युरिया प्रतिकेजी १४ रुपैयाँ, डीएपी ४३ रुपैयाँ र पोटास ३१ रुपैयाँ प्रतिकेजी बिक्री प्रयोजनका लागि तोकिएकामा अब युरिया प्रतिकिलो २५ रुपैयाँ, डीएपी ५० र पोटास प्रतिकेजी ४० रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो खरिद मूल्यका आधारमा युरियामा करिब ८० प्रतिशत, डीएपीमा ६० र पोटासमा ५९ प्रतिशत अनुदान रहँदै आएको थियो । यसअघि समग्रमा ७०.८२ प्रतिशत अनुदान रहेकामा अब समग्रमा ५९.०४ प्रतिशतमा कायम रहेको छ ।

अहिले रासायनिक मलको अन्तरराष्ट्रिय बजार मूल्य युरियाको प्रतिमेट्रिकटन ५ सय २, डीएपी ८ सय ३२ र पोटास ७ सय ३७ अमेरिकी डलर रहेको छ । यसअघि भने युरिया १ हजार २ सय, डीएपी १ हजार ३ सय र पोटास ९ सय अमेरिकी डलर थियो । रासायनिक मलको अन्तरराष्ट्रिय मूल्य करीब आधाले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!