२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ कात्तिक । कोरोना सङ्क्रमणको दर दिन प्रतिदिन बढिरहेको र चिसो मौसमसमेत सुरु भएकोले सङ्क्रमण थप बढ्नसक्ने देखिएको छ । चिसो मौसममा कोरोना सङ्क्रमणका जीवाणु लामो समयसम्म जिवित रहने भएकाले सङ्क्रमण थप बढ्न सक्ने जनस्वास्थ्य विज्ञको भनाई छ ।

केही दिनयता दिनभर घाम लागे पनि साँझ बिहान चिसो बढ्न थालेको छ । पछिल्लो समय नेपालमा दैनिक १५ देखि २० जनासम्म कोरोना सङ्क्रणका कारण मृत्यु भइरहेको तथ्यांक छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेकै बेला जाडो मौसमसमेत सुरु भएकाले सङ्क्रमितको दर थप बढ्न सक्ने जनस्वास्थ्य विज्ञको आँकलन छ ।

जाडो महिना सुरु भएसँगै विभिन्न किसिमका दीर्घरोगहरु दम, क्षयरोग, निमोनिया, ब्रोङ्काइटिस्लगायतका बिरामीलाई कोरोना सङ्क्रमण भएमा थप जटिल हुने चिकित्सकको भनाइ छ ।

सङ्क्रमितहरुले हाछिउँ गर्दा निस्केका सङ्क्रमणका जिवाणु गर्मी महिनामा तापक्रमका कारण छिटो नष्ट हुने भएपनि चिसो मौसममा लामो समयसम्म जिवित रहने भएकाले कोठामा झ्याल ढोका थुनेर बस्दा एक जनामा भएको सङ्क्रमण अरुमा सर्न सक्ने भएकाले जाडोमा थप सङ्क्रमण बढ्न सक्ने जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको संख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

महामारी फैलिरहेको अहिलेको अवस्थामा अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, काम परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै बाहिर निस्कने, भिडभाडमा नजाने, घरमा अथवा कार्यालयमा भेला अथवा मिटिङ् गर्दा कोठामा नगरी खुला ठाँउमा गर्ने र कोठाका भेन्टिलेशन खुला गर्ने जस्ता कार्यहरुले पनि सङ्क्रमणबाट बच्न सकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सुझाव दिए ।

जाडो महिना सुरु भएसँगै विभिन्न किसिमका दीर्घरोगहरु दम, क्षयरोग, निमोनिया, ब्रोङ्काइटिस्लगायतका बिरामीलाई कोरोना सङ्क्रमण भएमा थप जटिल हुने चिकित्सकको भनाइ छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिनहरु बन्ने क्रम जारी रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी चिसोमा सुरक्षित रहन सकेमा यसको सङ्क्रमणबाट बच्न सकिने पनि जनस्वास्थ्य विज्ञको भनाइ छ ।

जाडोमा शरीरमा सुक्खापन हुने र शरीरको श्वासप्रश्वास प्रणालीमा हुने कोषिकाहरू कम सक्रिय हुँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र भिटामिन ‘डी’ को कमीले रोगको सङ्क्रमण छिटो हुने गर्दछ ।

सङ्क्रमण बढेसँगै अस्पतालका वेडहरु अपुग हुन थालेका छन्, आइसियु र भेन्टिलेटरमा समेत सङ्क्रमितको चाप दिनहुँ बढिरहेको छ । त्यसैले जाडो महिनामा स्वास्थ्यको बिशेष ख्याल गरी आफै सचेत हुने र जनस्वास्थ्यका मापदण्ड पालना गरेर कोरोनासँग जुध्नुको विकल्प छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!