२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,२२ चैत: काठमाडौं उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १७ जना बिरामी संस्थागत आइसोलेसनमा भर्ना भएका हुन्। जसमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

पछिल्लो २४ घण्टामा १७ सय ६८ जनाको कोरोना परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको छ। सोही समयमा २८ जना कोभिड–१९ संक्रमण मुक्त भएका छन्। नेपालमा मंगलबारसम्म तीन सय २२ जना सक्रिय कोभिड संक्रमित रहेका छन्।

ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ का कारण नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। यो भेरिएन्ट डेल्टा भेरिएन्टसँग मिल्दाजुल्दो भएकोले सचेत रहन चिकित्सकको आग्रह छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।समिर अधिकारीले यो भाइरस छिमेकी देश भारतमा फैलिएकाले नेपालमा पनि फैलन सक्ने बताउनुभएको छ। उहाँले रुघा, खोकी र ज्वरो जस्ता कोभिड–१९ का लक्षण देखिनासाथ परीक्षण गराएर आइसोलेसनमा बस्न आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!