
काठमाडौँ, २२ चैत : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिडेटले भारतीय कम्पनीसँग २७ हजार मेट्रिक टन युरिया मल खरिद गर्ने भएको छ । साल्ट ट्रेडिङले १ अर्ब ५४ करोड रूपैयाँमा युरिया मल खरिद गर्न इण्डियन पोटास लिमिडेट कम्पनी छनोट भएको हो ।
कम्पनीले प्रतिमेट्रिक टन ४ सय ३२ डलरमा लिमिटेडको गोदामसम्म ल्याइदिने छ । कम्पनीले अब प्रतिकेजी ५७ रूपैयाँमा मल उपलब्ध गराउने छ ।
यसैगरी कृषि सामग्री केन्द्रले पनि ५ हजार मेट्रिक टन पोटास खरिदका लागि कम्पनी छनोट गरेको छ । केन्द्रले पनि इण्डियन पोटास लिमिटेडसँग नै ३६ करोड ८३ लाख ९१ हजार रूपैयाँमा सो परिमाणबराबरको मल खरिद गर्न लागेको हो ।
केन्द्रले प्रतिमेट्रिक टन ५ सय ५८ डलरमा पोटास खरिद गर्न लागेको हो । केन्द्रले कूल २७ लाख ९० हजार डलरमा ५ हजार मेट्रिक टन पोटास खरिद गर्न लागेको हो । केन्द्रले खरिद गर्ने पोटास प्रतिकिलो ७४ रूपैयाँ पर्नेछ ।