२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बर्दिबास,२५ चैत: स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रवार अपराह्न फरार भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खुट्टामा समस्या आएको बताएपछि यादवलाई अन्य ५ जना बिरामी कैदीसाथ स्वास्थ्य जाँचका लागि उक्त क्लिनिक लगिएको थियो । शौचालय जाने बहानामा यादवले भेन्टिलेसन फुटाली फरार भएको जिल्ला प्रहरीका प्रवक्ता तथा डिएसपी दिलीप गिरीले बताउनुभयो ।

गिरीका अनुसार जनकपुर उपमहानगरपालिका ७ का अर्जुन महतोको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतको आदेशले यादवलाई गत भदौ २५ गतेदेखि पुर्पक्षका लागि जलेश्वर कारागारमा राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!