
विराटनगर, १७ कात्तिक । विराटनगरको जलजला चौकबाट उत्तर मेनरोडमा रहेको फोहोर नउठाइएपछि स्थानीयले गुनासो पोखेका छन् ।
जलजला चौकबाट उत्तर मेनरोडमा साइकल पसल अगाडिको फोहोर कसले फालेको हो भनेर प्रमाणित नहुँदा विराटनगर महानगरको फाहोर व्यवस्थापनको जिम्मा लिएको वेस्ट मेनेजमेन्टले फोहोर छ दिनदेखि नउठाएको स्थानीयले आरोप लगाएका छन् ।
वेस्ट मेनेजमेन्ट समूहले छ दिनदेखि फोहोर नउठाउँदा सडक दुर्गन्धित भएको स्थानीय प्रदीप अग्रवालले बताएका छन् । ‘बारम्बार आग्रह गर्दा पनि वेस्ट मेनेजमेन्टका कर्मचारीले उल्टै हप्काउँछन्’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।