
विराटनगर १० असार : विराटनगर महानगरको वडा समितिको कार्यालय वडा न ५ , आफ्नै भवनमा सरेको छ । आईतवार विराटनगरका मेयर नागेश कोइरालाले नयाँ भवनको उदघाटन गरेका छन ।
सशस्त्र द्धन्द्धको बेला माओवादीले पुरानो कार्यालय भवनमा बम विस्फोट गराएपछि वडा समिति कार्यालय मासिक २२ हजार रुपैया तिरि भाडाको घरमा बस्दै आएको थियो ।
विराटनगर महानगरले सवै वडा कार्यालय आफ्नै भवनमा संचालन गर्ने नीति लिए अनुसार पुरानै वडा समिति रहेको स्थानमा नयाँ भवन निर्माण गरिएको वडा अध्यक्ष सन्तोष न्यौपानेतले बताए । एक तल्ले भवन निर्माणको लागि जनश्रमदान सहित महानगरले कुल ७१ लाख खर्च गरेको छ । १ हजार ५ सय १८ स्क्वार फिट क्षेत्रफलमा निर्माण गरिएको भवन भित्र १ हल , ३ कोठा , शौचालय छन ।
आर्थिक बर्ष ०७७÷७८ मा निर्माण प्रारम्भ गरिएको भवन यही ०८० जेठ मसान्तमा समपन्न भएको हो । डेढ कट्टा क्षेत्रफलमा निर्माण भएको यो भवनको माथिल्लो तल्ला थप गर्न महानगरले चालु आर्थिक बर्ष ०८०÷८१ को बजेटमा ५० लाख रुपैया विनियोजन गरेको अध्यक्ष न्यौपानेले बताए ।
उदघाटन कार्यक्रममा विराटनगर महानगरका उपमेयर शिल्पा निराला कार्की , वडा न १ र ११ का अध्यक्षहरु काजी बस्नेत , तिर्थेन्द्र न्यौपाने वडा न ५ का पूर्व वडा अध्यक्षहरु केदार कोइराला , मिनकुमार आचार्यको उपस्थिति रहेको थियो ।