२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ असार: कोशी प्रदेश सरकारमा अवको नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले गर्ने सहमति भएको छ । सोमवार गठबन्धन दलको काठमाण्डौमा बसेको बैठकले कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो ।
झापा निवासी थापा नेपाली कांग्रेसको कोशी प्रदेश सभापति पनि हुन । केन्द्रीय नेतृत्वको निर्णयलाई शिरोधार्य गर्ने सहमति कोशी प्रदेशमा उपलब्ध ४ दलिय गठबन्धनले यस अघिनै सहमति गरिसकेका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , समाजवादीका अध्यक्ष माद्यव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव विच भएको छलफलमा काग्रेसलाई पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व दिने सहमति गरेका हुन । कांग्रेसले नेतृत्व गरेको २ बर्षपछि माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
यस्तै कोशी प्रदेश सरकारको गठबन्धन दललाई टिकाई राख्न निर्णायक शक्ती मानिएको राप्रपालाई पनि सहभागि गराउने प्रयास भैरहेको छ । कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागि हुने वा नहुने निर्णयको सम्पूर्ण अधिकार राप्रपाका केन्द्ीय अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएपछि गठबन्धन दलका केन्द्रीय नेताहरुले पनि लिङदेनसँग पनि छलफल चलाएका छन । काग्रेस नेतृत्वमा बन्ने नयाँ सरकारमा राप्रापा सहभागि भए सभामुख बाहेक ५२ प्रदेश सदस्य पुग्ने छ । कुल ९३ सदस्य रहेको प्रेदश सभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । राप्रपाले समर्थन गरे गठबन्धन दलले पुरै अवद्यी सरकार संचालन गर्ने बाटो खुल्ला हुने छ ।
यता हिक्मत कार्की नेतृत्वको एमालेको सरकारले विश्वासको मत गुमाएपछि कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले पनि नयाँ सरकार गठनका लागि असार २१ गते विहिवार साझ ५ बजेसम्मको सिमा तोकेर दावी प्रस्तुत गर्न आह्वान गरेका छन ।

एमालेका हिक्ममत कार्की नेतृत्वको कोशी प्रदेश सरकार १ सय ७४ दिन पछि वर्हिगमन भएको हो । एमाले सरकारबाट बाहिरिए लगत्तै कोशी प्रदेशमा नयाँ राजनीति कोर्ष प्रारम्भ भएको हो ।
उत्ता माद्यव नेपालले नेतृत्व गरेको समाजवादीले कोशी प्रदेशको नेतृत्व गर्ने निर्णय गरिसकेको छ । समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सार्वजनिक रुपमै आफूले सरकारको नेतृत्व गरे गठबन्धन दलहरुलाई अन्याय हुने सार्वजनिक अभिव्यक्ती दिई सकेका छन ।
कोशी प्रदेशमा ९३ मध्ये एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखसहित १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!