
विराटनगर २८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रिताका साथ लाग्न कार्यान्वयन गर्न निर्देशन दिएका छन ।
प्रदेश सरकारको बिषयगतमन्त्रालयहरुको बार्षिकप्रगति समीक्षागोष्ठीलाई प्रमुखअतिथिको रुपमा सम्बोधनगर्दे मुख्यमन्त्रीथापाले बिविध कारणले अडकिएका कामलाई सचिवस्तर, मुख्यमन्त्री कार्यालय र प्रदेशसभाबाट बाधा अड्काउ फुकुवा गर्दै अघि बढनुपर्ने बताए । प्रदेशस्तरबाट समाधानहुननसक्ने समस्यालाई संघीय सरकार समक्षसिफारिस गरेर बाधा अड्काउफुकाउगर्नुपर्नेमामुख्यमन्त्रीथापाले जोड दिए ।
मुख्यमन्त्रीको कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा मुख्यमन्त्रीको कार्यालय, र्आिर्थक मामिलातथा योजनामन्त्रालय, भौतिकपूर्वाधारबिकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, स्वास्थ्यमन्त्रालय, सामाजिक बिकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन बन तथावातावरण मन्त्रालयका सचिवहरुले आ–आफ्नो बिषगत मन्त्रालयको प्रगति बिवरण, समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतिकरण गरे ।
त्यसै गरी प्रदेश लोक सेवा आयोग र प्रदेशसभा सचिवालयका सचिवहरुले पनि आ–आफ्ना निकायका प्रगतिविवरण प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।
मुख्यमन्त्रीको कार्यालय तथा मन्त्री परिषद् सचिवालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला मन्त्री बाबुरामगौतम, खानेपानी मन्त्री प्रदिप सुनुवार, भौतिकपूर्वाधार मन्त्री कमलजगेबु र स्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले आफ्नोमातहतका मन्त्रालयसका बिषयमा उठेका सवालहरुर समाधानकाबिषयमाकाम गर्न सचिवहरुलाई निर्देशन दिए ।