२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ,२२ भदौ : कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्ती भएका छन । माओवादी र जसपाको गठबन्धनबाट कार्की गत पुष २४ गते पहिलो पटक मुख्यमन्त्री बनेका थिए । शुक्रवार एक समारोहका विच प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
मुख्यमन्त्री कार्कीले शनिवारनैं ३ जना मन्त्री र १ राज्यमन्त्री नियुक्ती गरे । यसरी नियुक्ती हुने मन्त्रीहुनेहरुमा ताप्लेजुङ्गका तीलकुमार मेन्याङवोलाई खानेपानी , सिचाई तथा उर्जा ,खोटाङका पाँचकर्ण राईलाई पर्यटन , वन तथा बातावरण , झापाका एकराज कार्किलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नियुक्ती गरेका छन । यस्तै भोजपुरबाट समानुपातिक सभासद सृजना राईलाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्ती गरिएको छ । ताप्लेजुङ्गका मेन्याङवो हिक्मत कार्की पहिलो पटक मुख्यमन्त्री हुँदा सोही मन्त्रीपरिषदमा थिए ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख खापुङ्गले शनिवारनै सोही समारोहमा सपथ ग्रहण गराए । यस्तै राज्य मन्त्री राईलाई मुख्यमन्त्री कार्कीले सपथ गराए ।
विःस २०७९ साल मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचन सम्पन्न भएयता कोशी प्रदेशले ९ महिनाकै अवद्यीमा ४ वटा मुख्यमन्त्री पाईसकेको छ ।
पहिलो पटक ठूलो पार्टीको हैसियतले एमाले संसदीय दलका नेता हिक्मत कार्की विःस २०७९ साल पुष २४ र भदौ २२ गते गरि दुई पटक मुख्यमन्त्री भएका छन । यस्तै एमालेसँग केन्द्रमा माओवादीले गठबन्धन तोडेपछि कोशी प्रदेशमा समेत माओवादी केन्द्रले एमालेलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा विःस २०७९ असार २१ गते पहिलो पटक मुख्यमन्त्री बनेका थिए । माओवादी केन्द्रका तर्फबाट कोशी प्रदेशको सभामुख बनेका बाबुराम गौतमको हस्ताक्षर सहित ४७ जनाको दावी पेश गरेपछि सर्वोच्च अदालतमा मुद्धा परेको थियो । सरकार गठन प्रक्रृयामा सभामुखको सहभागिता असंवैद्यानिक ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पहिलो पटक पदमुक्त गरेको थियो ।
नेपाल अधिराज्यको संविद्यानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न सवोच्चलै आदेश जारीपछि सभामुख गौतमलाई माओवादीले राजिनामा गराएको थियो । सभामुखको राजिनामा पछि ४७ बहुमत सदस्य पुर्याई दोस्रो पटक विःस गत साउन १७ गते थाप मुख्यमन्त्री नियुक्ती भए ।
म्ख्यमन्त्री थापाले यही भदौ ४ गते विश्वासको मत लिदा प्रदेश सभाको अध्यक्षता गरेका इस्राय मन्सुरीले मत दिएपछि एमालेले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो ।
सभाले अध्यक्षता गरेका सदस्यले दिएको मत असंवैद्यानिक ठहर गर्दै सवोच्च अदालतका न्यायधिश सपना मल्ल , डा कुमार खडका र नहकुल सुवेदीको संयुक्त इजलासले प्रदेश प्रमुख समक्ष परमादेश जारी गर्दै संविद्यानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेता हिकमत कार्कीलाई २४ घन्टा भित्र मुख्यमन्त्रीमा नियुक्ती गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!