२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ असोज: सुनसरीका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम दिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आयोजनामा धान तथा बिउ उत्पादन पकेट सञ्चालन समितिका अगुवा किसान तथा सहकारीमा आबद्ध भएकालाई तालिम दिइएको हो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख नीककमल सिंहलगायतले कृषकलाई धान बीउ तथा बिउ उत्पादनबारे प्रशिक्षण दिनुभएको थियो । यसैगरी सिंहले धानको बिउ, उत्पादन, धानका जातहरू, बिउ राख्ने रोप्ने तरिका, मल प्रयोगलगायत धानमा लाग्ने रोगबारे जानकारी दिँदै रोगलाई नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग बारेमा प्रशिक्षण दिनुभयो ।

जिल्लाका विभिन्न समूह तथा समितिका कृषकलाई आवश्यक उन्नतजातका धानका बिउहरू, कृषि औजारहरू, व्यवस्थापन सामग्री त्रिपाल, पोलिव्यागलगायत किटनाशक औषधिहरू अनुदान तथा निःशुल्क वितरण गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!