
विराटनगर,१२ असोज: मालपोत कार्यालय सुनसरीका नायब सुब्बा र खरिदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको छ ।भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवामा कार्यरत नायव सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेबापत सेवाग्राही सँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा आज दिउँसो पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले घुस मागेको सूचनाको आधारमा गएको टोलीले उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । इनरुवा नगरपालिका–३ मालपोत चोकबाट पक्राउ परेका उनीहरू माथि थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।