२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १३, असोज: गाँजा बोकेको गाडी र मोटरसाइकल सहित ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित चतरापुल नजिकै बराहक्षेत्र जाने सडकखण्डबाट शुक्रबार सशस्त्र प्रहरीले करिब १२० किलो गाँजा बोकेको गाडी र मोटरसाइकलसहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएकाहरू भारत घर बताउने ३६ वर्षीय महोमद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओमप्रकाश रजक, सुनसरी जिल्लाको देवनागंज गाउँपालिका-५ सहेवगंज बस्ने ३१ वर्षीय ओमप्रकाश साह र २० वर्षीय शिवम साह रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

बिआर ०२ आर ९९९४ नम्बरको भारतीय गाडीमा राखी भारततर्फ लैजाँदै गरेको उल्लिखित परिमाणको गाँजासहित उनीहरूलाई नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले नियन्त्रणमा लिएको हो। प्रदेश नं। १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकलले सो गाडीलाई स्कर्टिङ गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा, गाडी र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको डिएसपी थापाले जानकारी दिए।
श्राेत: सेताेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!