२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रुकुम पश्चिम — शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९८ जनाको ज्यान गएको पुष्टि भएको हो।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए । उनीहरूमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको छ ।

त्यस्तै, रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यहाँ ८५ जना घाइते छन् । उनीहरूमध्ये ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ । त्यस्तै, १० जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि खोज तथा उद्धारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!