२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१८ कात्तिक : कोशी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको अस्थायी बसोबासका लागि आवश्यक पर्ने एक ट्रक सामान पनि पठाउने निर्णय गरेको छ ।

राहत सामग्री तत्काल त्यसतर्फ लगिने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । त्रिपाल, ब्ल्याङ्केट, म्याट्रेस आदि सामानहरू पठाउने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!