२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिर्तामोड, १ मङ्सिर: झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–१ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । रिजालका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्ष तथा झापा जिल्ला वाल सञ्जालका सचिव समेत हुन् ।

उनले नक्कली फेसबुक आइडी खोली महिलाहरूसँग गोप्य बार्तालाभ गरी फोटो मागेर, त्यस फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप लागेको छ। प्रहरीले यसबारेमा अनुसन्धान जारी राखेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!