
इटहरी, ९ मंसिर : इटहरीमा यौन धन्दा चलाएको आरोपमा एक युवतीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ परेका दुवैलाई आज (शनिबार) सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ९ की २१ वर्षीया निशा कार्की र कृण्णहरी घिमिरे रहेका छन् ।
पक्राउ परेकी निशाले इटहरीमा यौन धन्दा चलाउनका लागि ५ हजारदेखि दस हजार रुपैयाँ लिएर यौन धन्दा चलाएको खुलेको छ ।‘दुई जना केटा मान्छेसँग दस हजारको डिल गरेकी छु भन्दै महिलाहरूलाई बोलाउने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरेका हौँ,’ डीएसपी कार्कीले भने ।
दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
श्रोत : टाकुरा न्यूज