२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । नेपाली काग्रेस कोशी प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभागको विभागिय प्रमुखमा विकास कोइराला र उपप्रमुखमा पत्रकार शेखर रेग्मी नियुक्त भएका छन । काग्रेसका प्रदेश अध्यक्ष उद्धव थापाले दुवैलाई शुक्रवार मनोनयन गरेका हुन ।
लामो समयदेखी रिक्त रहेको सूचना संचार तथा प्रचार प्रसार विभागले अव पूर्णता पाएको छ । काग्रेसका २२ वटा विभाग रहेका छन । नेपाली काग्रेसको विधान , २०१७ को परिच्छेद ४ को धारा ११ (क) को (१) बमोजिम संचार विभागको विभागिय प्रमुख र उपप्रमुखको नियुक्ती गरेको प्रदेश अध्यक्ष थापाले बताए । संचार विभागमा विभागिय प्रमुख र उपप्रमुख सहित २५ सदस्यीय रहने प्रावद्यान छ ।
यसैविच प्रदेश अध्यक्ष थापाले कोशी प्रदेश कार्य समितिको मुख्य सचिवमा सुनसरी बराहाक्षेत्र निवासी नारायण कोइरालालाई गत मंसीर १४ गते मनोनयन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!