२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विवेक मेहता
विराटनगर,४ पुस : कुनै पनि क्षेत्रमा इमान र लगनशिलता देखियो भने त्यसले सफलताले शिखर चुम्न चाडै सकिदोरिहछ ? त्यसोको ज्वलन्त उदाहरण हेर्न कहि जानु पर्दैन। नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत्त त्यसको एउटा पात्र हुन । उनी विराटनगर बसेर देशभरि व्यवासय संचालन गर्ने सफल व्यवसायी बन्न पुगेका छन । जसको इमान्दारिता र कुशल व्यवस्थापले आज उनी नेपालको ठूलो व्यापारी घराना बन्न सफल छन ।

विराटनगरसँग सिमाना जोडिएको बुढीगंगा गाउँपालिका वडा न १ मा राउत्तले २ सय ५० करोड लगानीमा २ सय शैययाको सुविद्या समपन्न आर आर इन्टरनेशनल अस्पताल संचालनमा ल्याउदैछन । वुद्यवार एक समारोहका विच अस्पतालको शिलन्यास कार्यक्रम समपन्न भएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा कोशी प्रदेशबाट हजारौ विरामी भारत तथा अन्य मूलुकमा जानुपर्ने तितो यर्थाथता छ । यसक रोक्न पनि उनले कोशी प्रदेशमा सुविद्यायुक्त अस्पताल निर्माण गर्न लागेका हुन ।

निकट भविश्यमा ३ सय शैययाको अस्पताल निर्माण गरि संचालन गर्ने लक्ष्य लिएका राउत्तले तत्कालै २ सय शैयया अस्पताल संचालन गर्ने र हाल १ सय शैययालाई मल्टि स्पेस्ल अस्पतालका रुपमा अगि बढाउने योजना छ ।

उद्योगी एवं व्यवासायी तथा अस्पतालका अध्यक्ष राजेन्द्र राउत्तले गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखी सामाजिक क्षेत्रमा आफूले लगानी गरि अस्पताल संचालनमा ल्याउन लागेको बताए ।

आगामी ३ बर्षभित्रमा संचालनमा ल्याउने योजना रहेको यस अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखेर कार्य अगि बढाएकोे छ । यस्तै जनरल मेडिसिन , न्यूरो सर्जरी , जनरल सर्जरी , मृगौला रोग , मुत्ररोग , स्त्रीरोग तथा प्रसूती सेवा , आँखा रोग , नवजात शिशु तथा बालरोग , हाडजोर्नी तथा नशा , रोगको उपचार गराउने योजना छ । त्यस्तै स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण हुने भएकोले डाईनोस्टिक विभागलाई अन्तराष्ट्रियस्तरको बनाईने छ ।

अलग किसिमको पारिवारिक पूष्टभूमी र उद्योग व्यवसायको क्षेत्रको विरासत विनानै उद्योग तथा व्यवसायको क्षेत्रमा २१ बर्षकै किलोलो उमेरमा प्रबेश गरेका राउत्तका दर्जनौ उद्योगहरु देशभरि संचालनमा छन ।

उनीजहाँ हात हाल्छन त्यही सफलता प्राप्त गर्दछन । गार्मेन्ट उद्योगमा २० बर्ष अनवरत कार्य गरेपछि उनले विविद्य क्षेत्रमा लगानी गर्दै गएका हुन । नेपालमा पहिलो चूनढुङ्गा उनलेनै उत्पादन गर्न थालेका हुन । जुन चुनढुङ्गा उनले मारुती सिमेन्टलाई उपलब्ध गराउदै आएका छन । अन्नपूर्ण सिमेन्ट , शिवम जुत्ता ,चप्पल उद्योग , हेवी इक्विमेन्ट उद्योग , देशका विभिन्न स्थानमा पेट्रोल पम्प , हाउजिङ्ग कम्पनी हाल राउत्तले संचालन गर्दै आएका छन ।, यस्तै निकट भविश्यमै काठमाण्डौमा पाँचतारे होटलस्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्ने उदेश्य राखी उनले चाडै मेडिकल र प्यारामेडिकल नर्सिङ्ग कलेज पनि संचालन गर्दैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!