२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,५ चैत्र: नोबल टिचिङ्ग अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न २२ वर्षीय प्रेमी शिवशंकर दास विराटनगर कै एक हाेटेलमा आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।
विराटनगर वडा नम्वर ४ स्थित नोबल हस्पिटल अगाडी रहेकाे फाइन हाेटेलकाेको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी दास ४ महिना देखि नाेवेल मेडिकल टिचिङ्ग हस्पिटलमा कार्यरत थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा बुढाथोकी मार्ग स्थित आफ्नै डेराको कोठाभित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।


चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो ।
शिवशंकर र चन्द्रिका चार वर्ष देखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा थिए । उनी फागुन २७ मा मलेसियाबाट नेपाल फर्किएका थिए ।

उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो ।
प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ ।
हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए । शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!