
विराटनगर,२६ चैत: नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिएकाे छ भन्ने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
सोमबार प्रदेशसभा संसद् सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरे सँगै सरकारबाट बाहिरिएकाे हाे ।कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती पर्यटन तथा वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री थिए ।