
विराटनगर,२६ चैत्र: काेशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूले राजिनामा दिए लगत्तै सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका छन् ।ओपचारिक रूपमा प्रदेश प्रमुख समक्ष माओवादी र नेकपा एमालेका प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेर संयुक्त रूपमा समर्थन फिर्ता लिएकाे छ ।
साथै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष नयाँ सरकार गठनका लागि निवेदन समेत दिइएको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । प्रदेशमा सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् । यस्तै नेकपा माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ गरी यो गठबन्धनमा ५८ सांसद छन् । प्रदेशमा कांग्रेसका २९ सांसद र राप्रपाका सभामुखसहित ६ सांसद छन् ।