२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, १९ कात्तिक । पथरीका अटो व्यवसायी शम्भु बुढाथोकी चित्तलसहित पक्राउ परेका छन् । ओम साई अटो टेर्डस नामक व्यावसाय गर्दै आएका व्यावसायी बुढाथोकीलाई मंगलार प्रहरीले कानेपोखरी–७ स्थित लोकमार्गबाट चित्तललाई आफ्नो गाडीमा राखेर पथरीतर्फ जाँदैगर्दा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी र पथरीशनिश्चरेको सीमानास्थित मोरङ्गी खोलाको पुलमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।

चित्तल मारेर ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा हिजो अपराह्न १२ः४० बजे समयमा प्राप्त बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश १–०२००२ च ३७०० नं. को कालो महेन्द्रा जीपमा राखेर ल्याउँदै गरेको अवस्थामा उनीसहित गाडीलाई नियन्त्रणमा लिइएको गिरिले बताए ।

नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन वन कार्यालय बेलबारीमा राखिएको छ ।

३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजीजति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!