२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,३० चैत: भारतबाट दुई वटा साइकलमा लोड गरी मोरङको रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवलदार युवराज तामाङ घाइते हुनु भएको छ ।

इलाका प्रहरी कार्यालय सिंजुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान ५ बजे तिर भारततर्फ बाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र प्रहरी हवलदार तामाङले नियन्त्रणको प्रयास गर्नु भएको थियो । सोही बेला रतुवामाई १ बस्ने सदिल मियाँको छोरा सावर मियाँले प्रहरी माथि ढुङ्गा प्रहार गरेको थियो । ढुङ्गा प्रहार गरेर भागेको सावर मियाँको समूह भारत तर्फ लागेको छ । प्रहरी हवलदार तामाङ भने ढुङ्गा लागेर घाइते हुनु भएको छ ।

तामाङ चैत २८ गते साँझ ६ बजे देखि ड्युटीमा हुनुहुन्थ्यो । घटनास्थल गुल्मबाट ६ किलोमिटर दक्षिण पश्चिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!