
धनकुटा,२० बैशाख: धनकुटाको, धनकुटा नगरपालिका-१० की ३१ बर्षीया सरिता श्रेष्ठको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय टल्के भनिने दिल बहादुर बिशुखेंलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान स्थानीय बम बहादुर तामाङको खाली रहेको घरमा मृत फेला परेकी श्रेष्ठको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा श्रेष्ठको हत्या भएको खुल्न आएसंगै प्रतिवादीको खोजतलासमा खटिएको प्रहरी टोलीले बिशुखेंलाई बुधवार बेलुका पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका बिशुखेंको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।