२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,२५ बैशाख :झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो दिउँसो साढे ३ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुनेमा ईटहरीबाट धरानतर्फ जाँदै गरेको को. १७ प २८१५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट VCTS लगायत अन्य बिलबिजकहरु समेत नरहेको अवस्थामा अन्दाजी ६ लाख ८६ हजार ६३० रुपैँया बराबरको बिभिन्न कम्पनीको ४४ थान मोबाईल बरामद गरेको हो ।
त्यस्तै झापा र मोरङका बिभिन्न स्थानहरुबाट अन्दाजी २ लाख बराबरको भन्सार छलीका लत्ता कपडा,बिभिन्न किसिमका पेय पदार्थ तथा खाध्यन्न लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।
अबैध रुपमा बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!