२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनकुटा,२२ असोज:धनकुटाको पाख्रिबास नगरपालिका, शहिदभुमी र साँगुरीगढी गाउँपालिकाका वडा एरियाहरुमा अवैध रुपमा लगाएका तथा आफै उम्रिएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले नष्ट गरेको छ । असोज २१ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार र प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-३, ४ र ५ वडा एरियाको १० रोपनी क्षेत्रफलमारहेका ६ हजार ५ सय बोट, साँगुरीगढी-  ७ र ८ स्थितमा २ हजार ५०० बोट र पाख्रिबास-१० स्थितमा ९ सय बोट नष्ट गरेको छ । अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!