२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १३ मंसिर : नेपाली कांग्रेस कोशी प्रदेश समितिले यही आउदो मंसिर २२ गते पहिलो पटक प्रदेशस्तरीय सम्मेलन गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा काग्रेसका सभापति शेरबहादुर देउवा सहभागि हुदैछन । । पार्टीका केन्द्रीय पदाधिकारी , केन्द्रीय सदस्यहरुको समेत सहभागिता रहने बताईएको छ ।
कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले विहीवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सम्मेलनको तयारी सुरु भैसकेको जानकारी दिए ।
एक दिने प्रदेश सम्मेलनमा १४ वटै जिल्लाका ६ सय ४८ प्रतिनिधिहरुको सहभागि हुनेछन । कांग्रेसको विद्यान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ४ को दफा १३ को उपदफा ३ (क)को १,२,३,४ र ५ ले निर्देशित गरे अनुसार यो सम्मेलनमा बन्द र खुल्ला सत्र हुने छ । बन्द सत्रले राजनीतिक , सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ ।


प्रदेशभरिका महासमिति , महाधिबेशन प्रतिनिधि , प्रदेश समिति , जिल्ला कार्य समिति , क्षेत्रीय कार्य समिति र वडा कार्य समितिका नेता तथा कार्यकर्ता , शुभेच्छुक संस्थाका यस सम्मेलनमा सहभागि हुँदेछन ।
विराटनगरको बरगाछी चौकमा रहेको मनास्लु पार्टी प्यालेसमा आयोजना हुने उक्त सम्मेलनको पूर्व तयारीका लागि मूल समिति सहित आवास व्यवस्थापन , अतिथि व्यवस्थापन , स्वंमसेवक , मंच व्यवस्थापन , दर्ता र रजिष्ट्रन र प्रचार प्रसार गरि ८ वटा उपसमिति गठन गरेको छ ।
यस्तै प्रदेश समितिले आउदो ०८१ पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवश र शहिद दिवशको अवसर पारेर नेपालको सवैभन्दा होचो स्थान झाको केचनाकबलबाट विश्वकै सवैभन्दा सर्वोच्च शिखर सगरमाथा सम्म सात महिने सांगठनिक जाँगरण अभियान संचालन गरिने प्रदेश सभापति थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!