
ईनरूवा,१५ माघ: सुनसरीको देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजबाट ३९.२९० किलो गाँजासहित एक महिला पक्राउ परेका छन्। बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगंज र कोशी प्रदेशको PIT शाखाबाट खटिएको टोलीले अर्बिन कुमार यादवको घरमा खानतलासी गर्दा सो परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरी निरीक्षक कमल बिष्टको कमाण्डमा पुगेको संयुक्त टोलीले यादवको घरमा दुईवटा जेब्रा झोलामा र खाल्टो खनेर ड्रमभित्र प्लाष्टिकले प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको जनाइएको छ। गाँजा बरामद गरिएको समयमा ४० वर्षीय यादव भने फरार रहेको र घटनास्थलबाट उनकी ३५ वर्षीय श्रीमती सोनी कुमारी यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। यादव विगत लामाे समय देखि तस्करी र लागु ओँषध काराेवारमा संलग्न रहेकाे प्रहरी श्राेतकाे भनाइ रहेकाे छ ।
हाल पक्राउ परेकी यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। फरार यादवको खोजी कार्य तीव्र बनाइएको प्रहरी स्रोतले जनाएको छ।
यस घटनाले अवैध लागुऔषधको ओसारपसार र कारोवारमा संलग्न व्यक्तिहरूको सक्रियता अझै कायम रहेको देखाएको छ। प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाउने जनाएको छ।