२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१६ माघ: सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट अर्का एक दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । माघ १४ गते राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।
यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
लागुऔषध सहित परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!