२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१ फाल्गुन: नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी यूनियनको आसन्न फागुनमा हुने महाधिबेशनमा कोशी प्रदेश अध्यक्षका लागि तोयानाथ तिम्सिनाले उम्मेदवारी दिने तयारी गरेका छन ।
कर्मचारी वृत्तमा लोकप्रिय ,स्वच्छ छवी बनाएका उनी निशकलङ्ग व्यक्तीको रुपमा पनि चिनिन्छन । सरकारी पेशामा प्रवेश पछिनै निजामती कर्मचारी युनियनको राजनीतिमा उदाएका तिम्सिनाले कर्मचारीहरुको वृत्ती विकास , पेशागत र भौतिक सुरक्षाका लागि उम्मेदवारी दिने तयारी गरेको बताए ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी निजामती कर्मचारी यूनियनको आठौ महाधिबेशनमा केन्द्रीय उपाध्यक्षको प्रतिस्पर्धी थिए । हाल उनी नेपाल निजामती कर्मचारी यूनियनको केन्द्रीय सल्लाहाकार छन । साथै यूनियनको केन्द्रीय सदस्य समेत भैसकेका छन ।

कोशी प्रदेश अन्र्तगत रहेको उद्योग , कृषि तथा सहकारी मन्त्रालयमा शाखा अधिकृतका रुपमा कार्यरत तिम्सिनालाई प्रदेशभरिका ७० प्रतिसत कर्मचारीले रुचाएका छन । यूनियनको यही फागुन महिना भित्रै हुने ९ औ महाधिबेशनमा आफ्नो उम्मेदवारी बलियो रहने तिम्सिनाले दावी गरे । साथै उनले अध्यक्ष पदका लागि आफुले कर्मचारी साथीहरुको भरपूर सहयोग र साथ पाउने विश्वास व्यक्त गरे ।

तीन बर्षे कार्यकाल रहेको प्रदेश समितिमा कोशी प्रदेशका १४ वटै जिल्लाका गरि १ सय ५० जना मतदाता रहने छन । ताप्लेजुङमा ७ , ओखलढुङ्गामा ११ , सुनसरीमा १५ ,तेह्थुममा ११ , पाँचथरमा ७ , उदयपुरमा ११ , इलाममा ११ , धनकुटामा ५ , भोजपुरमा ९ ,संखुवासभामा ९ , झापामा १२ , खोटाङमा ११ र मोरङमा १३ जना मतदाता छनौट भएर महाधिबेशनमा सहभागि हुँदैछन । त्यस्तै केन्दीय पदाधिकारी ५ र विभागिय पदाधिकारी ५ जनाले पनि मतदान गर्नेछन ।
नेपाल निजामती कर्मचारी यूनियनको प्रावद्यान अनुसार प्रदेश समितिमा १ अध्यक्ष र पदाधिकारी सहित ९ जना र सदस्यहरु १६ जना निर्वाचित हुनेछन । जिल्ला अध्यक्षहरु प्रदेश समितिको पदेन सदस्य हुने प्रावद्यान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!