२०८२ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१३ चैत: विश्व क्षयरोग दिवसको अवसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको आयोजनामा तथा स्वास्थ्य कार्यालय मोरङ, राउन्ड टेबल नेपाल, र लेडिज सर्कल नेपालको सहकार्यमा एक दिने रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा ८५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए। कार्यक्रममा नोबेल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डा. रामहरि घिमिरे, हस्पिटल डाइरेक्टर प्रोफेसर डा. राजेश नेपाल, डिपुटी सिइओ प्रोफेसर डा. विश्वनाथ अधिकारी, महाप्रबन्धक दिपेश राई, तथा सूचना अधिकारी नवीन दाहालको उपस्थिति रहेको थियो। साथै, मोरङ स्वास्थ्य कार्यालयका प्रमुख तथा राउन्ड टेबल नेपाल, विराटनगरका अध्यक्ष समेत कार्यक्रममा सहभागी भएका थिए।

यस रक्तदान कार्यक्रमले क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्दै, आवश्यक रक्त आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्। कुल ८५ जना रक्तदाताहरूको योगदान प्रशंसनीय रहेको छ, जसले असङ्ख्य जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!