२०८२ फाल्गुन २८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : काठमाडौं महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कूल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माविले जितेको छ। बिहीबार बालुवाटारमा सम्पन्न प्रतियोगितामा बाँसबारीले सर्वाधिक ७६ अंक जोड्दै उपाधि जित्न सफल भएको हो ।
हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेस प्रतियोगितामा २० विद्यालयका ३१९ खेलाडीले ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइने अंकको आधारमा विजेता तय गरिएको थियो।
नेसनल क्रियटिभ को–एडुकेशनल स्कूल (एनसीसीएस) ले ५३ अंकसहित दोस्रो स्थान हासिल गर्‍यो भने महेन्द्र राष्ट्रिय मावि ३२ अंकसहित तेस्रो स्थान हासिल गरेको छ।
ब्यक्तिगत प्रतिस्पर्धातर्फ कक्षा १ देखि ४ गल्र्स समूहमा बाँसबारीकी सिमरन कार्कीले सबैभन्दा बढी ४ अंक बटुल्दै पहिलो स्थान हात पारेका छ्न ।
बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवाराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र राष्ट्रिय माविकी आशिका लोप्चनले समान ३–३ अंक जोडे पनि टाइब्रेकरका आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भएका छन ।
ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदीले पाँचै खेल जित्दै उपाधि जिते। एनसीसीएसका अर्णव मानन्धरले ४ अंक जोड्दै आफ्नै विद्यालयका श्रेयांश सापकोटालाई टाइब्रेकरमा पछि पार्दै दोस्रो स्थान हात पारे।
कक्षा ५ देखि ८ गल्र्स समूहमा एनसीसीएसकी आराध्य गुप्ताले ५ अंक जोड्दै शीर्षस्थान हासिल गरेका छ्न। धुम्रवाराहीकी समीक्षा नेपाल ४.५ अंकसहित दोस्रो भएका छ्न भने बाँसबारीकी अप्सरा खत्री ४ अंकसहित तेस्रो स्थान हासिल गरेका छ्न।
ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित पहिलो भए। बाँसबारीका शिशिर ढकाल र सुमिर तामाङले समान ६ अंक जोडे पनि टाइब्रेकरका आधारमा शिशिर दोस्रो र सुमिर तेस्रो भए।
कक्षा ९ देखि १२ गल्र्स समूहमा बाग्मती बोर्डिङ स्कूलकी देवयानी गुरागाईंले ५ अंक जोड्दै उपाधि जितिन्। सोही विद्यालयकी मायुमी राई ४ अंकसहित दोस्रो भइन् भने एनसीसीएसकी आँचल चौधरी पनि ४ अंक नै जोडिए तापनि टाइब्रेकरमा पछि पर्दा तेस्रो स्थानमा हासिल गर्न सफल भएका थिए ।
ब्वाइजतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापतिले ६.५ अंकसहित प्रथम स्थान हासिल गरे। बृहस्पति विद्यासदनका प्रेम विक्रम अधिकारीले ६ अंक जोड्दै बाग्मतीका आयुष बस्नेतलाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान पाए।

बलुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सम्पन्न प्रतियोगिताका विजेता खेलाडीहरूलाई काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपालकी पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बूलगायत अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!