२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ कात्तिक । देशभर आज थप दुई हजार पाँच ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप दुई हजार पाँच ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९७ हजार २४ पुगेको छ । त्यस्तै देशभर आज एक हजार सात सय ९८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ५९ हजार सात सय २४ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा थप १८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!