२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २ मंसिर । देशभर पछिल्लो २४ घण्टामा थप पाँच सय दुई जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप दुई हजार आठ सय ७८ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ९८६ रहेको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हाल सम्म एक हजार दुई सय ४७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!