२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ मंसिर । विराटनगर महानगरका मेयर भीम पराजुलीले यस पटकको छठ पर्व घरमै मनाएका छन् । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन महानगर प्रमुख पराजुलीले १७औं पटकको दण्ड प्रणामलाई निरन्तरता दिँदै छठ पर्व मनाए । उनले घर छेउको बारीबाटै छैठीमाताको आरधना गरे ।

अघिल्ला वर्षहरुका छठमा ब्रत बसेर साष्टांग दण्डप्रणाम गर्दै घाटको यात्रा गर्ने मेयर पराजुलीले कोरोना भाइरस महामारीका कारण घरमै बसेर मनाएका हुन् । उनी अघिल्ला वर्षहरुमा विधिअनुसार छठमा निराहार ब्रत बसेर साष्टांग दण्डप्रणाम गर्दै अढाइ किलोमिटरको दूरीमा रहेको सिंघिया घाटसम्मको यात्रा गर्ने गर्दथे ।

पराजुलीले विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पञ्चायन मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम गरेर घस्रँदै घाटसम्मको यात्रा गर्दथे । तर, कोरोनाका कारण नदीबाट संक्रमण फैलनसक्ने भन्दै उनले आफ्नै बारीमा आफूले निर्माण गरेको कुण्डमा अस्ताउँदो सूर्यलाइ अर्घ्य दिइ छठ मनाए ।

छठ ब्रतका लागि आवश्यक प्रबन्ध उनको घरमै गरिएकाे थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!