२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ७ मंसिर । प्रहरीले हातहतियारसहित नेपाल कम्युनिस्ट पार्टी विप्लवका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ । शनिबार प्रहरीले फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई हाततियारसहित पक्राउ गरेको हो ।

हिजो दिउँसो १ बजेतिर उर्लाबारी नगरपालिका–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा विप्लव समूहका मानिसहरु अवैध हातहतियारसहित लुकी–छिपी बसिरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनका साथबाट झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा तीनवटा गोली लोड भएको एक थान पेस्तोल, एक थान म्यागजिन बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथ हाहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राइले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!