२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, ८ मंसिर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको भट्टीमोड बजारमा मान्छेहरुको भीड देखिएको छ । देवानगञ्ज-२ भट्टीमोडमा दैनिक लाग्ने सो बजारमा कोरोना भाइरस महामारीका बेला मानिसहरू स्वास्थ्यसम्बन्धी मापदण्डविपरीत भीड भएको देखिन्छ ।

सो बजारमा हटियामा क्रेता–विक्रेताबीच सामान किनबेच भइरहेको छ । आफूले उत्पादन गरेको बस्तु विक्री गर्न पाउनु आफ्नो अधिकार भए पनि कोराना संक्रमणको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगर्नु घातक सावित हुन सक्ने देखिएको छ ।

तरकारी, फलफूल, लत्ता कपडा किनबेच गरिरहेका स्थानीयहरुले मास्क लगाएको पाइएन भने सामाजिक दूरीलगायत स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेको पनि पाइएन । ‘कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर तरकारी बेच्न आएकाे छु,’ तरकारी बेच्न बजार आएका किसान सबुल अन्सारीले भने, ‘प्रायः सबैले मास्क लगाएकाे पाइँदैन । सबैले सतर्क रहन जरुरी छ ।’

पहिला-पहिला अपराह्नतिर लाग्ने सो हटिया कोरोना महामारीका बेला बिहान लाग्न थालेकाे छ । बिहान ११ बजेबाट नै हटिया लाग्न सुरु हुन्छ । हटियामा विराटनगरका खुद्रा ब्यापारीहरु अटो तथा सिटी रिक्सा लिएर सामान किन्न आउँछन् ।

यसै बजारबाट किसानसँग तरकारी किनेर विराटनगरमा केही नाफा लिँदै बेच्नेगरेकाे किसान अन्सारी बताउँछन् । देवानगन्ज तरकारी बालीको पकेट क्षेत्र मानिन्छ । देवानगन्जमा उत्पादन भएका तरकारीले विराटनगर जस्ता ठूलो शहरलाई धानेको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!