२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ मंसिर । मोरङमा बन्दुकसहित एकजना पक्राउ परेका छन् । शिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अरुण भनिने अमृतबहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउँसो ३ः१५ बजेतिर पक्राउ गरेकाे हो ।

उनी तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार श्रेष्ठलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!