
विराटनगर, ९ मंसिर : मोरङमा कोरोना संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएकाे छ ।
कोरोना संक्रमणपछि उपचाररत सशस्त्र प्रहरी गण ३ नम्बर हेडक्वाटर टंकीसिनवारी मोरङमा ३२ वर्षीय प्रहरी निरीक्षक नवीन बुढाथोकीको मंगलबार बिहान मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा उनकाे मृत्यु भएकोअस्पतालको आइसोलेसन प्रमुख सुनिल देवले जनाएका छन् ।
गत २६ गते राति ज्वरोसँगै स्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो । कात्तिक २७ गते उनको कोरोना संक्रमण पुष्टि भएको थियो ।
तेह्रथुमको म्याग्लुङ घर भएका अविवाहित बुढाथोकी १० वर्षदेखि सशस्त्र प्रहरीमा सेवारत थिए । उनी गत भदौदेखि मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए ।